औद्योगिक क्रियाकलापमा अधिकांश प्रदेशमा कृषि क्षेत्रको योगदान उच्च

अनलाइनसमय |
१३ जेठ २०८२
औद्योगिक क्रियाकलापमा अधिकांश प्रदेशमा कृषि क्षेत्रको योगदान उच्च

काठमाडौं, १३ जेठ । चालू आर्थिक वर्ष (आव)मा अधिकांश प्रदेशमा कृषि क्षेत्रको योगदान धेरै रहेको छ । औद्योगिक वर्गीकरणअनुसार आर्थिक क्रियाकलापमध्ये बागमती बाहेक अन्य प्रदेशमा कृषि क्षेत्रको योगदान धेरै भएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ ।

तथ्याङ्क अनुसार व्यापार क्षेत्रले कोशी र मधेश प्रदेशमा पनि दोस्रो स्थानको हिस्सा लिएको छ, जसले यी प्रदेशमा समेत व्यापार गतिविधि तीव्र गतिमा विस्तार भइरहेको संकेत गर्दछ । बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोवार सेवा क्षेत्र दोस्रो स्थानमा रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र दोस्रो स्थानमा छ ।

विभिन्न प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा न्यून योगदान गर्ने क्षेत्र फरक–फरक देखिएका छन् । बागमती प्रदेशमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्र सबैभन्दा न्यून रहेको छ । मधेश र कर्णाली प्रदेशमा खानी तथा उत्खनन् क्षेत्रले न्यूनतम योगदान दिएको देखिन्छ । अन्य प्रदेशहरूमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान तुलनात्मक रूपमा सबैभन्दा कम छ ।

सबै प्रदेशका सबै क्षेत्रको वृद्धिदर धनात्मक रहेको देखिन्छ । चालू वर्ष औद्योगिक वर्गीकरणअनुसार औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत तथा ग्याँस (१३ दशमलव ८२ प्रतिशत) रहने प्रारम्भिक अनुमान गरिएकोमा लुम्बिनी र कर्णाली प्रदेश बाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको रहने प्रारम्भिक अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा सबै प्रदेशका सबै क्षेत्रको वृद्धिदर धनात्मक रहेको देखिन्छ । राष्ट्रिय स्तरमा सबैभन्दा उच्च वृद्धिदर विद्युत तथा ग्याँस क्षेत्रमा (१३ दशमलव ८२ प्रतिशत) रहने प्रारम्भिक अनुमान गरिएको थियो । यद्यपि बागमती, कोशी, मधेश, गण्डकी तथा सुदूरपश्चिम प्रदेशमा पनि यही क्षेत्र सबैभन्दा बढि वृद्धिदर हासिल गर्ने क्षेत्रको रूपमा देखिएको छ ।

तर लुम्बिनी र कर्णाली प्रदेशमा भने यातायात तथा भण्डारण क्षेत्रले सबैभन्दा धेरै वृद्धिदर देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस