काठमाडौं, १४ जेठ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब दुई घन्टा ढिला गरी सुरू भए पनि विपक्षीहरूको अवरोधपछि स्थगित भएको थियो । त्यसपछि बैठक साढे ३ बजेलाई तय भएपनि विपक्षीले अडान नछाडेपछि भोलिसम्मको लागि बैठक स्थगित गरिएको हो ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन् ।
गृहमन्त्री लेखकले आजै साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । साँझ ५ बजे संसीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।