काठमाडौं, १५ जेठ । सत्तारुढ दल नेकपा एमालेले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउँदै छ ।
सात दशक लामो बलिदानपूर्ण संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रुपमा मनाउने एमालेको निर्णयअनुसार अहिले काठमाडौं उपत्यकामा प्रदर्शन गरिरहेको छ ।
बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वर लगायतका स्थानबाट निकालिएका र्यालीमा परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्याली भृकुटीमण्डपमा पुगेका छन् ।

प्रदर्शनको क्रममा उनीहरूले गणतन्त्र जिन्दावाद, नेकपा एमाले जिन्दावाद, गणतन्त्रको रक्षा गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दवादलगायत नारा लगाएका छन् ।
भृकुटीमण्डपबाट र्याली रत्नपार्क पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहेको छ ।


