काठमाडौं, १५ जेठ । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड बराबर बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा गरेको प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२÷ ०८३ को वार्षिक बजेटमा यस्तो उल्लेख छ ।
उनले औद्योगिक क्षेत्रको प्रवद्र्धन, स्वरोजगार सिर्जना तथा उत्पादनमा आधारित अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिँदै यसमा बजेट विनियोजन गरिएको बताए ।