कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

अनलाइनसमय |
१६ जेठ २०८२
कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं, १६ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैका काराण अहिले गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको विभागले जनाएको छ ।

आज दिनभर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस