काठमाडौं, २० जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानमा तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशका केही स्थानमा तथा मधेश, बागमती, गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।