काठमाडौं, २१ जेठ । युक्रेनले रुसमाथि बारम्बार साहसी ड्रोन आक्रमण गरिरहेको छ । पछिल्लो पटक रुसका रणनीतिक सैन्य विमानहरू रहेको आधारशिविरमा भएको हमलाले मस्कोलाई स्तब्ध बनाएको हो ।
युक्रेनी ड्रोन आक्रमण रूसको गहिराइसम्म पुगेका छन्, जहाँ युक्रेनसँगको सिमा हजारौं किलोमिटर टाढा पर्ने सैन्य स्थलहरू समेत नष्ट गरिएका छन् । तर क्रेमलिनले अहिलेसम्म यसबारे केही स्पष्ट प्रतिक्रिया दिएको छैन । अनुसन्धानको परिणाम नआउन्जेल पर्खिने बताउँदै चुप लागेको छ ।
युक्रेनका पछिल्ला हमलापछि रुसी सरकार समर्थक सञ्चारमाध्यमहरूमा निकै आक्रोश पोखिएको छ । केही कट्टरपन्थीहरूले त युक्रेनमाथि सीधै आणविक हमला गर्नुपर्ने माग नै गरेका छन् ।
रुसको चर्चित टेलिग्राम च्यानल ‘टू मेजर्स’ का ब्लगरले लेखेका छन्, ‘यो हमला अब बहानाको विषय होइन, युक्रेनमाथि आणविक हमला गर्न ठोस कारण हो,’ उनीहरूले थपे, ‘पहिले त ‘मस्रुम क्लाउड’ उठाउनुपर्छ – त्यसपछि मात्रै दोष कसको थियो भनेर सोध्न सकिन्छ ।’ (मस्रुम क्लाउड भन्नाले आणविक विस्फोटपछिको धमिलो फन्टो आकृति जनाइएको हो ।)
यद्यपि रूसी विश्लेषकहरू कट्टर होइनन् । केहीले संयम अपनाउन आग्रह गरेका छन् । जस्तै रुसी राजनीतिक विश्लेषक सेर्गेइ मर्कोभले चेतावनी दिँदै भनेका छन्, ‘यदि रूसले आणविक हतियार प्रयोग ग¥यो भने, उसले विश्व समुदायबाट पूर्ण रूपमा अलगाव भोग्नुपर्नेछ ।’
अर्का लोकप्रिय ब्लगर अलेक्जेन्डर कोट्सले भने, ‘जे परिणाम आए पनि, हामीले अब सम्पूर्ण शक्ति प्रयोग गरेर हमला गर्नुपर्छ ।’ सीएनएन