प्रतिनिधिसभाको बैठक आज पनि स्थगन, भोलिलाई सारियो

अनलाइनसमय |
२१ जेठ २०८२
प्रतिनिधिसभाको बैठक आज पनि स्थगन, भोलिलाई सारियो

काठमाडौं, २१ जेठ । प्रतिनिधिसभाको आजको बैठक पनि स्थगन भएको छ । संसद् सचिवालयका अनुसार भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन गरिएको हो ।

आज दिउँसो १ बजे बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि आजै दिउँसो ३ः१५ बजे बस्ने तय गरिएको थियो । तर यस अवधिमा पनि सहमति नजुटेपछि बैठक भोलिसम्मलाई सारिएको हो ।

यसअघि मंगलबार पनि बैठक बस्न सकेन । सदन सञ्चालनका लागि सहमति हुन नसक्दा मंगलबार पनि बैठकको समय सारिएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले सदन अवरोध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस