काठमाडौं, २२ जेठ । बाँकेमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका–६ कोठापुर बस्ने २५ वर्षीय चिराग खान रहेका छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
चिरागले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।