काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको केन्द्रीय समिति भंग गर्नुपर्ने माग राख्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन भएको छ ।
अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समिति भंग गर्नुपर्ने माग सहित तरुण दलका नेता–कार्यकर्ताहरू शुक्रबार विरोधमा उत्रिएका हुन् । विरोध ¥यालीको नेतृत्व गर्नेहरूमा तरुण दलका केन्द्रीय सदस्य सरोज न्यौपाने, रोजन राई, सतिन्द्र सिंह ठकुरी लगायत छन् ।
मोटरसाइकल ¥यालीसहित सानेपा पुगेका उनीहरूले वर्तमान समितिलाई भंग गरेर नयाँ ल्याउनुपर्ने माग राखेका छन् । तरुण दल अध्यक्ष गुरुङ महाधिवेशन गराउन असक्षम रहेकोले उनलाई निरन्तरता दिन नहुने उनीहरूको भनाइ छ ।
ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार भ्रातृसंस्था विवादलाई लिएर भएको प्रदर्शनबाट हुने सक्ने सम्भावित घटनालाई लिएर सुरक्षाकर्मी परिचालन गरिएको छ ।