नरवीर नेपालीको हत्या आरोपी १४ वर्षपछि पक्राउ

अनलाइनसमय |
२७ जेठ २०८२
नरवीर नेपालीको हत्या आरोपी १४ वर्षपछि पक्राउ

काठमाडौं, २७ जेठ । पाल्पामा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।

साविक चिदिपानी गाविस–७ (हाल माथागढी गाउँपालिका–१) दमर निवासी ५७ वर्षीय सन्तबहादुर सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

उनीमाथि २०६८ साल कात्तिक ११ गते राति सोही स्थानका १८ वर्षीय नरवीर नेपालीको हत्या गरेको आरोप छ । घटनापछि भारतमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले निगरानी गर्दै आएको थियो । सार्कीलाई यही जेठ २५ गते नेपाल फर्किने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभियुक्त सार्कीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४९ अनुसार ६ दिनको म्याद लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस