प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित

अनलाइनसमय |
२८ जेठ २०८२
प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए ।
विपक्षीले विरोध जारी राखेपछि सभामुख घिमिरेले भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना पढेर सुनाए ।

विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस