राष्ट्र बैंकको अध्ययनः गण्डकीमा कृषि क्षेत्र घट्दै

अनलाइनसमय |
२९ जेठ २०८२
राष्ट्र बैंकको अध्ययनः गण्डकीमा कृषि क्षेत्र घट्दै

काठमाडौं, २९ जेठ । पछिल्ला वर्षहरूमा गण्डकी प्रदेशमा कृषि भुभागको क्षेत्रफल निरन्तर घट्दै गएको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा पाइएको छ ।

केन्द्रीय बैङ्कले बुधबार सार्वजनिक गरेको ‘अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१/८२’ मा चालू आर्थिक वर्ष २०८१/८२ पुस मसान्तमा गण्डकी प्रदेशमा प्रमुख कृषि बालीेले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिव २ दशमलव २२ प्रतिशतले घटेको छ ।

अध्ययनअनुसार गण्डकी प्रदेशमा कृषि बालीेले ढाकेको क्षेत्रफल ४ लाख २७ हजार ९६ हेक्टर मात्रै रहेको छ । यस प्रदेशको कृषि उपजले ढाकेको कुल क्षेत्रफलको ८९ दशमलव ४० प्रतिशत प्रमुख खाद्य तथा अन्न बाली, ४ दशमलव ५६ प्रतिशत तरकारी, ४ दशमलव ०८ प्रतिशत फलफूल र १ दशमलव ७३ प्रतिशत मसला लगाइएको क्षेत्रफल रहेको छ ।

त्यस्तै चालू आवको पुसससम्ममा गण्डकी प्रदेशमा खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिव २.०८ प्रतिशतले कमी आएको छ । सो अवधिमा यस प्रदेशमा ३ लाख ८१ हजार ८३० हेक्टर कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल ८.३५ प्रतिशतले ह्रास आएको थियो ।

फापर, गहुँ, र आलुले ढाकेको क्षेत्रफलमा क्रमशः ७.५९ प्रतिशत, ०.४८ प्रतिशत र ०.१९ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । त्यस्तै उखु १७.३७ प्रतिशत, जौ १६.४६ प्रतिशत, दलहन ५.५३ प्रतिशत, धान ३.८९ प्रतिशत, तेलहन २.८८ प्रतिशत, कोदो २.५३ प्रतिशत र मकैले ढाकेको क्षेत्रफल ०.७६ प्रतिशतले कमी आएको छ । खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफलको ३४.१९ प्रतिशत भु–भागमा मकै र २५.६६ प्रतिशतमा धान खेती रहेको छ । ं

गण्डकीमा तरकारीले ढाकेको क्षेत्रफलमा पनि ७.८५ प्रतिशतले कमी आएको छ । प्रदेशमा १९ हजार ५ सय १३ हेक्टर कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो क्षेत्रफलमा १२.०१ प्रतिशतले वृद्धि भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस