ट्रम्प प्रशासनलाई लस एन्जलसमा नेसनल गार्ड पठाउन रोक

अनलाइनसमय |
३० जेठ २०८२
ट्रम्प प्रशासनलाई लस एन्जलसमा नेसनल गार्ड पठाउन रोक

काठमाडौं, ३० जेठ । संघीय अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई क्यालिफोर्नियाको लस एन्जलस (एलए) सहरमा नेसनल गार्ड खटाउने निर्णयलाई गैरकानुनी ठहर गरेको छ । अदालतले गभर्नरको अनुमति बिना यस्तो कदम चाल्न नपाइने स्पष्ट पारेको हो ।

संघीय न्यायाधीश चाल्र्स ब्रेयरले दिएको आदेशअनुसार क्यालिफोर्नियाको नेसनल गार्डको नियन्त्रण पुनः गभर्नर ग्याभिन न्युसमलाई फिर्ता दिनुपर्नेछ । तर आदेश तत्काल कार्यान्वयन नहुने भएको छ, किनभने ट्रम्प प्रशासनले यसविरुद्ध अपिल दायर गरिसकेको बीबीसीले जनाएको छ ।

ट्रम्पले सन् २०२० को समयमा आप्रवासन नीतिविरुद्ध लस एन्जलसमा भड्किएको प्रदर्शनलाई नियन्त्रण गर्न भन्दै गभर्नरको अनुमति नलिई चार हजार नेसनल गार्ड र सात सय मरीन सैनिक खटाउने आदेश दिएका थिए । तर राज्य सरकारले प्रदर्शनको अवस्था सामान्य रहेको जनाउँदै सेनाको आवश्यकता नरहेको बताएको थियो । क्यालिफोर्नियाले संघीय अदालतमा मुद्दा दायर गर्दै राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस