अपांगता भएका व्यक्तिलाई सन सेक्युरिटिजका प्रशिक्षकद्वारा तालीम (भिडियो रिपोर्ट)

अनलाइनसमय |
३० जेठ २०८२
अपांगता भएका व्यक्तिलाई सन सेक्युरिटिजका प्रशिक्षकद्वारा तालीम (भिडियो रिपोर्ट)

काठमाडौं, ३० जेठ । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दै गएको छ । घर, अफिसमै बसेर कारोबार गर्न र सानो लगानीबाटै बजारमा प्रवेश गर्न सकिने भएकाले यसमा लगानीकर्ताको आकर्षण देखिएको हो । तर आवश्यक ज्ञान, शीप र जानकारी नहुँदा कतिपयले बजारमा प्रवेश गर्न सकेका हुँदैनन् भने लगानी गरे पनि गुमाउने सम्भावना बढी हुन्छ । यस्तोमा शेयर साक्षरताको ठूलो भूमिका हुन्छ ।

यही महत्व र आवश्यकता दृष्टिगत गर्दै सन् सेक्युरिटिज प्रालिले आफ्नै अग्रसरता र अन्य संस्थासँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको छ । यसै क्रममा गत शुक्रवार राष्ट्रिय शारीरिक अपांग महासंघ नेपालको आयोजनामा सन सेक्युरिटिजका प्रशिक्षकद्वारा शारीरिक अपांगता भएका व्यक्तिहरूका लागि शेयर बजारसम्बन्धी आधारभूत तालीम प्रदान गरिएको छ ।

तालीममा शेयर बजारमा साना लगानीकर्ताका लागि पनि उत्तिकै सम्भावना र अवसर रहेको, थोरै पूँजी भएकाले पनि सही निर्णय, दीर्घकालीन सोच र लगानीको आधारभूत ज्ञानको माध्यमबाट राम्रो प्रतिफल पाउन सकिनेबारे जानकारी दिइएको थियो । शेयर बजारमा फरक फरक क्षेत्रमा लगानी गर्दा डुब्ने सम्भावना कम हुने र अरूकोे देखेर नभई आफैले बुझेर लगानी गर्नुपर्ने प्रशिक्षकको सुझाव छ ।

तालीमका अर्का प्रशिक्षक महादेव भारतीले शेयरबजार विशेषगरी महिला, अपाङ्गता भएका, विद्यार्थीहरूका लागि लगानीको उपयुक्त क्षेत्र भएको बताउनुभयो । उक्त तालीमले अपांगता भएका व्यक्तिलाई शेयर बजारमा लगानी गरेर आर्थिक रूपमा आत्मनिर्भर हुन प्रेरित गरेको राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपालका सचिव कृष्ण गौतमले बताउनुभयो ।

तालीममा प्राथमिक शेयर, हकप्रद शेयर, दोस्रो बजार, पुँजीगत लाभ, कम्पनीले दिने लाभांश लगायत विषयमा पनि जानकारी दिइएको थियो । शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक तथा वित्तीय पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले आफूहरूमा आत्मविश्वास बढाएको सहभागीहरूको प्रतिक्रिया छ ।

काठमाडौंको नक्सालस्थित ब्रोकर नं ६४ सन् सेक्युरिटिजले भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट वित्तीय साक्षरता तालीम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा वित्तीय निर्णय लिने शीप तथा क्षमता विकास, वित्तीय भविष्य निर्माणका आधार, वित्तीय स्वतन्त्रताका बाटोहरू, पैसाको व्यवस्थापन, बचत तथा लगानीका योजना लगायत विविध विषय हुने गरेका छन् ।

प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा भिडियो रिपोर्ट :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस