काठमाडौं, १ असार । संसद्को चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको कारवाही अघि बढेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेका छन् । उनीहरुको नाराबाजीकै बीच सभामुख देवराज घिमिरेलेसंसद बैठक सन्चालन गरेका छन् ।
सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनुसाथ राप्रपा र रास्वपाका संसादहरु आ–आफ्नो ठाउँबाट उठेका थिए ।