काठमाडौं, १ असार । करिब १० वर्षअघि वृद्ध भत्ताको रकम हिनामिना गरेको आरोपमा बाँकेको साविक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा तत्कालीन सचिवहरू सावितराम कुर्मी, अशोककुमार श्रीवास्तवसँगै भत्ता बुझिलिने १४ जना छन् ।
अख्तियारका अनुसार गाविसले २०५७/५८ देखि २०७२/७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका, नागरिकता नभएका, भारतमा विवाह गरी गएकालाई परिचय पत्र बनाएर ६ लाख ५६ हजार रूपैयाँ हिनामिना गरेको थियो ।
भत्ता बुझेका पाटेश्वरी सिंह ठाकुर, मुज्फर खाँ, राम सुमझ कुर्मी, जलील खाँ र राम सेवक कूर्मीसमेतको मृत्यु भइसकेकोले उनीहरूको बिगो तत्कालीन सचिव सावितराम कुर्मीबाट असुल उपरका लागि मागदाबी गरिएको छ ।