तोलामा २५ सयले घट्यो सुनको मुल्य

अनलाइनसमय |
३ असार २०८२
तोलामा २५ सयले घट्यो सुनको मुल्य

काठमाडौं, ३ असार । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ लाख २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस