काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाले भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न रोक लगाएको छ ।
महानगरले मंगलबार एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म नगर पालिका क्षेत्रका सडक तथा फुटपाथ खन्न स्वीकृतिदिने कार्य रोकिएको जानकारी दिएको हो ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचना भनिएको छ– ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक÷फुटपाथ खन्न स्वीकृति÷सहमति दिने कार्य रोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
