काठमाडौं, ५ असार । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा१ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज उच्च मूल्यबाट चाँदी पनि घटेको छ । बुधाबार हालसम्मकै उच्च २ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।