राष्ट्र बैंकको प्रतिवेदन : सुदूरपश्चिममा घट्यो कृषि कर्जा

अनलाइनसमय |
५ असार २०८२
राष्ट्र बैंकको प्रतिवेदन : सुदूरपश्चिममा घट्यो कृषि कर्जा

काठमाडौं, ५ असार । सुदूरपश्चिम प्रदेशमा कृषि कर्जा घटेको छ ।

केन्द्रीय बैङ्कले बुधबार सार्वजनिक गरेको ‘अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१/८२’ मा चालू आर्थिक वर्ष २०८१/८२ पुस मसान्तमा सुदूरपश्चिम प्रदेशमा पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा शून्य दशमलव ९७ प्रतिशतले घटेको छ । यस प्रदेशमा पुससम्ममा बैंक तथा वित्तीय संस्थाबाट १६ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ८ दशमलव ०४ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार पुससम्ममा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा १८ दशमलव ३४ प्रतिशत प्रवाह भएको छ भने सूर्ति शीर्षकमा कर्जा प्रवाह भएको छैन ।

समीक्षा अवधिमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १० दशमलव ६८ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ६७ दशमलव ०१ प्रतिशत र कञ्चनपुरको २० दशमलव ४३ प्रतिशत रहेको छ । कृषि कर्जाको अंश बाजुरा जिल्लामा सबैभन्दा कम १ दशमलव १० प्रतिशत तथा अछाम जिल्लामा १ दशमलव ३० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस