इरानले अस्पतालमा गरेको आक्रमण ‘आपराधिक’ हो : इजरायली मन्त्री

अनलाइनसमय |
५ असार २०८२
इरानले अस्पतालमा गरेको आक्रमण ‘आपराधिक’ हो : इजरायली मन्त्री

काठमाडौं, ५ असार । इजरायलकी उप–परराष्ट्र मन्त्री शारेन हास्केलले सोरोका अस्पतालमाथि इरानले गरेको हवाई हमला ‘जानीजानी’ र ‘आपराधिक’ भन्दै आपत्ति जनाएकी छन् ।

मन्त्री हास्केलले सामाजिक सञ्जाल एक्समा एक भिडियो सेयर गर्दै उक्त हमला कुनै सैन्य अड्डामाथि नभई अस्पतालमाथि गरिएको स्पष्ट पार्दै आपत्ति जनाएकी हुन् ।

‘यो स्थान कुनै सैन्य आधार क्षेत्र होइन, अस्पताल हो,’ उनले भनिन्, ‘यो अस्पताल इजरायलको सम्पूर्ण नेगेभ क्षेत्रको मुख्य चिकित्सा केन्द्र हो ।’

उनले सेयर गरेको भिडियोमा अस्पतालको भित्री भागमा क्षति भएको बीबीसीले जनाएको छ । धमाकाको असरले भित्ताहरू चिरिएको र अस्पतालको केही भाग क्षतिग्रस्त देखिएको छ ।

‘विश्व समुदायले यसबारे बोल्नुपर्छ,’ मन्त्री हास्केलले आफ्नो पोस्टमा लेखेकी छन् ।

इरान र इजरायलबीचको पछिल्लो द्वन्द्वका कारण क्षेत्रीय सुरक्षा स्थितिमा थप चुनौती देखिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् । युद्धविरामका प्रयासहरू जारी रहँदा स्वास्थ्य सेवा केन्द्रमाथिको यस्तो हमला अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन भएको भन्दै विभिन्न निकायले चिन्ता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस