वैकल्पिक शक्ति र स्वतन्त्र समूहलाई एकै ठाउँमा ल्याउन रास्वपाले गठन गर्‍यो ‘सहकार्य–संवाद कार्यदल’

अनलाइनसमय |
५ असार २०८२
वैकल्पिक शक्ति र स्वतन्त्र समूहलाई एकै ठाउँमा ल्याउन रास्वपाले गठन गर्‍यो ‘सहकार्य–संवाद कार्यदल’

काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकार्य–संवाद कार्यदल गठन गर्ने भएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र त्यसका लागि ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले भने, ‘विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने ।’

त्यस्तै बैठकले बैठकले केन्द्रीय विभागहरुको जिम्मेवारी हेरफेर गरेको छ । नीति तथा विचार विभागको प्रमुखको जिम्मेवारी डा. स्वर्णिम वाग्ले र उपप्रमुखको सन्तोष परियारलाई दिइएको छ ।

चितवनको कृषि विभागको प्रमुखमा राजन गौतम र ऊर्जा तथा जलस्रोत विभागको संयोजकमा श्रीराम न्यौपानेलाई तोकिएको छ ।
यसैगरी यही असार ७ गते बिहान ९ बजे लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसदमा” भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।

पार्टी स्थापना दिवसकै दिन, असार ७ गते बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय (चःमति, वनस्थली) मा केन्द्रीय समिति बैठक आयोजना गन झाले बताए ।
साथै सचिवालय बैठकले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशन केन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्याय गरेको छ ।

May be an illustration of blueprint and text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस