काठमाडौं, ६ असार । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला २ हजार रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले घटेर २ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।