घट्यो मधेस प्रदेशको उद्योगहरूको औसत क्षमता

अनलाइनसमय |
७ असार २०८२

काठमाडौं, ७ असार । मधेस प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव)को प्रथम अर्धवार्षिकको तुलनामा चालू आवको सोही अवधिमा यस प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग १ दशमलव ९४ प्रतिशतले घटेको हो । आव २०८१/८२ को अर्धवार्षिक अवधिमा यस प्रदेशका नमुना छनौटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग २७ दशमलव ६६ प्रतिशत रहेको छ भने गत वर्षको सोही अवधिमा यस्तो उपयोग २९ दशमलव ६० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा पेय पदार्थ उद्योगले सबैभन्दा बढी ८१ दशमलव ५१ प्रतिशत क्षमता उपयोग गरेको छ भने लत्ता कपडा उद्योगको क्षमता उपयोग सबैभन्दा कम ६ दशमलव ६४ प्रतिशत रहेको तथ्याङ्क छ ।

समीक्षा अवधिमा आल्मुनियम उद्योगको ८७ दशमलव ९२ प्रतिशत, तोरीको तेल उद्योगको ५२ दशमलव ११ प्रतिशत, भटमासको तेल उद्योगको ३३ दशमलव ३९ प्रतिशत, पशु दाना उद्योगको ४५ दशमलव ९० प्रतिशत, धागो उद्योगको ३० दशमलव १७ प्रतिशत, चामल उद्योगको क्षमता उपयोग २८ दशमलव ४९ प्रतिशत रहेको छ । यसैगरी सो अवधिमा लत्ता कपडा अन्तर्गतको सिन्थेटिक कपडा, चुरोट, चिनी, प्रशोधित छाला, कागज (अखबारी कागजबाहेक) रड्राई सिरप उद्योगको क्षमता उपयोग क्रमशः ६ दशमलव ४० प्रतिशत, १९ दशमलव ६४ प्रतिशत, ९ दशमलव ८६ प्रतिशत, ३५ दशमलव ५७ प्रतिशत, ११ दशमलव २६ प्रतिशत, ३ दशमलव ९३ प्रतिशत रहेको छ ।

गतवर्षको सोही अवधिमा आल्मुनियम उद्योगको क्षमता उपयोग ६७ दशमलव ७५ प्रतिशत, तोरीको तेल उद्योगको ४५ दशमलव ६५ प्रतिशत, भटमास तेल उद्योगको २० दशमलव ३१ प्रतिशत, पशु दाना उद्योगको ३४ शदमलव ८१ प्रतिशत, धागो उद्योगको ३५ दशमलव १७ प्रतिशत, चामल उद्योगको ४८ दशमलव ३३ प्रतिशत रहेको थियो । यस्तै लत्ता कपडा अन्तर्गतको सिन्थेटिक कपडा, चुरोट, चिनी, प्रशोधित छाला, कागज (अखबारी कागजबाहेक) र ड्राई सिरप उद्योगको क्षमता उपयोग क्रमशः ४ दशमलव ९८ प्रतिशत, २० दशमलव ४९ प्रतिशत, ७ दशमलव ३३ प्रतिशत, २१ दशमलव ५२ प्रतिशत, ९ दशमलव ५६ प्रतिशत, २ दशमलव ८० प्रतिशत रहेको थियो ।

औद्योगिक कर्जा स्थिति
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कर्जा बढेको छ । चालू आवको अर्धवार्षिक अवधिमा यस्तो कर्जा १० दशमलव ९९ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा १ खर्ब १२ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा यस प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ६६ दशमलव ३३ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा २ दशमलव २० प्रतिशत रहेको छ । मधेश प्रदेशमा सबैभन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकोले सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह उतm जिल्लामा भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस