११ महिनामा ३२ अर्बको स्मार्टफोन आयात, निर्यात कति ?

अनलाइनसमय |
६ असार २०८२
११ महिनामा ३२ अर्बको स्मार्टफोन आयात, निर्यात कति ?

काठमाडौं, ६ असार । चालू आर्थिक वर्ष (आव)को ११ महिनमा ३२ अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि जेठसम्ममा नेपालमा ३२ अर्ब ८७ करोड ८० लाख बराबरको स्मार्टफोन भित्रिएको हो । मोबाइल फोन डिजिटल पहुँचको प्रमुख साधनका रूपमा स्थापित भएसँगै आयात दरमा पनि निरन्तर बढेको देखिन्छ ।

आवको ११ महिनामा १९ लाख ७५ हजार ५१३ ओटा स्मार्टफोन आयात गरिएको छ । यसबाट सरकारलाई ५ अर्ब ९८ करोड २१ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्क छ ।

सो अवधिमा नेपालबाट भने एउटा मात्र स्मार्टफोन निकासी गरेको छ । जसको १ लाख ७० हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस