काठमाडौं, ९ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
यही असार १५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक १६ गते सोमबार दिउँसो १ बजे बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।