काठमाडौं, ११ असार । जल तथा मौसम विभागले आज राति चार प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
विभागले बुधबार बिहान एक सूचना जारी गर्दै आज राति कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ । अन्य प्रदेशमा भने राति हल्कादेखि मध्म वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ ।
विभागका अनुसार आज दिउँसो भने कोशी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्ष र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसैका कारण अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भई रहेको छ ।
