काठमाडौं, १२ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै ५२ लाख ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने दोलखा बैतेश्वर गाउँपालिका–३ घर भएकी ३१ वर्षीया नबिना दाहाल रहेकी छन् ।
दाहालले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५२ लाख रूपैयाँ र लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलार्ई काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट मंगलबार पक्राउ गरेको हो ।
दाहाललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।