कर्मचारी आधा कटौती गरेर करारमा राखौं : सांसद शर्मा

अनलाइनसमय |
१५ असार २०८२
कर्मचारी आधा कटौती गरेर करारमा राखौं : सांसद शर्मा

काठमाडौं, १५ असार । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद जनार्दन शर्माले स्थायी कर्मचारी आधा कटौती गरेर सेवा करारमा कर्मचारी राख्नुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा संघीय निजामती सेवा विधेयकमाथीको छलफलमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् ।

‘आज देशमा देशको कार्यकारी भूमिका भनेको कार्यकारी अधिकार भनेको प्रधानमन्त्रीमा निहित छ, प्रधानमन्त्रीले नै शासन गर्नुपर्ने बेलामा यो देशमा शासन प्रधानमन्त्रीले होइन, टेबल–टेबलमा शासन हुने गरेको छ, मैले विगतदेखि यो कुरा उठाउँदै आएको छु, यो टेबल–टेबलको शासनलाई अन्त्य गर्ने गरी, कार्यकारी प्रमुखले नै यसलाई शासन गर्ने व्यवस्था हामीले कसरी गर्छौ भन्ने लगायतका विषय यहाँ आज रहेका छन्,’ उनले भने, ‘साधारण खर्च हामीले नधान्ने अवस्थामा आजको भरीभराउ कर्मचारीलाई आधा कटौती गर्नुपर्छ भन्ने मान्यता मैले राख्दै आएको छु, मेरो भनाइ राख्दै आएको छु, त्यसलाई पनि यसले आज सम्बोधन गर्नुपर्छ र अब करारमा, करार सेवामा, सेवा करारमा राखेर काम परिणाममुखी काम गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस