काठमाडौं, १६ असार । श्रीमती हत्याको तीन वर्ष पछि श्रीमान पत्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–७ घिउरा टोल बस्ने फैयाद मिया मन्सुरी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
गहुँ खेतमा श्रीमतीको हत्या गरेको आरोप उनीमाथि आरोप लागेको थियो । ईशनाथ नगरपालिका–४ मठिया टोलस्थित गहुँ खेतमा फैयाद मियाकी श्रीमती २० वर्षीया चाँदनी खातुन २०७८ माघ २६ गते मृत अवस्थामा फेला परेकी थिइन् । त्यस यता उनी फरार थिए ।
उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।