किसानलाई ४ लाख टन मल बिक्री, थप सवा १ लाख टन नेपाल ल्याईंदै

अनलाइनसमय |
१६ असार २०८२
किसानलाई ४ लाख टन मल बिक्री, थप सवा १ लाख टन नेपाल ल्याईंदै

काठमाडौं, १६ असार । सरकारले चालू आर्थिक वर्षको मध्ये असारसम्ममा ४ लाखभन्दा बढी मेट्रिक टन मल बिक्री गरिसकेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को असार १द्द गतेसम्ममा सरकाले ४ लाख ४ हजार ९२० मेट्रिक टन मल बिक्री गरेको छ ।

जसमध्ये साल्ट ट्रेडिङ कम्पनीले ९३ हजार २५६ मेट्रिक टन र कृषि सामग्री कम्पनी लिमिटेडले ३१ हजार १६६ मेट्रिक टन मल बिक्री गरेको मन्त्रालयले जनाएको छ । दुवै कम्पनी गरी १२ असारसम्ममा युरिया २ लाख ४५ हजार ४७७ मेट्रिक टन, डीएपी १ लाख ४४ हजार ३० मेट्रिक टन र पोटास १५ हजार ४१२ मेट्रिक टन मल बिक्री गरेको छ ।

सवा १ लाख मेट्रिक टन मल नेपाल ल्याईंदै

यसैगरी १ लाख १६ हजार मेट्रिक टन रासायनिक मल नेपाल आइपुग्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ । कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ्गले संयुक्तरूपमा ३४ हजार मेट्रिक टन युरिया कोलकत्तामा ल्याइसकेका छन्, जुन नेपाल प्रवेशको चरणमा छ । कृषि सामग्री कम्पनीमार्फत ३० हजार मेट्रिक टन युरिया स्रोत मुलुकबाट लोडिङ्ग भई कोलकत्तामा आइपुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै साल्ट ट्रेडिङ्गले ल्याउने २२ हजार मेट्रिक टन युरिया पनि स्रोत मुलुकबाट लोडिङ्ग भई कोलकत्ता आउँदैछ । अर्काे ३० मेट्रिक टन डीएपी मल कृषि सामग्री कम्पनी लिमिटेडले ल्याउँदै छ । ३ उक्त परिमाणको डीएपी मल स्रोत मुलुकबाट सिपमेन्ट भइसकेको र असार २५ गतेसम्म कोलकत्ता आइपुग्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कति भयो आयात ?

मन्त्रालयका अनुसार गत साउनदेखि असार १२ गतेसम्म ३ लाख ६३ हजार २३६ मेट्रिक टन मल आयात भएको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडबाट सो परिमाणमा युरिया, डीएपी र पोटास मल आयात गरिएको हो ।
मन्त्रालयका अनुसार सो अवधिसम्ममा २ लाख २७ हजार १६४ मेट्रिक टन युरिया आयात भएको छ । यस्तै १ लाख २० हजार ८०६ मेट्रिक टन डिएपी र १५ हजार २६५ मेट्रिक टन पोटास मल आयात भएको छ ।

सो अवधिमा कृषि सामग्री लिमिटेडले १ लाख ६७ हजार ३९१ मेट्रिक टन युरिया, १ लाख २० हजार ८०६मेट्रिक टन डीएपी र १० हजार १८९ मेट्रिक छन पोटास मल आयात गरेको छ । त्यस्तै साल्ट्र ट्रेडिङ कम्पनीले ५९ हजार ७७३ मेट्रिक टन युरिया र ५ हजार ७५ मेट्रिक टन पापोटास मल आयात गरेको छ ।

सरकारसँग कति छ मौजदात ?

हाल सरकारसँग गत आर्थिक वर्ष २०८०÷०८१ को सहित गरी ६० हजार ७१२ मेट्रिक टन रासायनिक मल मौज्दात छ, जसमध्ये युरिया २६ हथजार ४१२ मेट्रिक टन, डीएपी २५ हजार ६८७ र पोटास १५ हजार २६५ मेट्रिक टन मल मौज्दात रहेको छ ।

मन्त्रालयका अनुसार कृषि सामग्री लिमिटेडसँग ४९ हजार १२९ टन र साल्ट्र ट्रेडिङ कम्पनीसँग ११ हजार ५८३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

चालु आवमा सरकारले ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ । असार १२ सम्ममा मन्त्रालयले चालु यो वर्षका लागि ५ लाख ५० हजार मेट्रिक टन मल आपूर्तिको टेन्डर प्रक्रिया टेन्डर प्रक्रिया पूरा भइसकेको जनाएको छ ।

यो वर्ष रासायनिक मलको लागि सरकारले कुल २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस