यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

अनलाइनसमय |
१६ असार २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

काठमाडौं, १६ असार । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पत्रकार सम्मेलनमार्फत यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले खरिद पुनरवलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरुमा पूर्वसचिवहरु रोहितकुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ ।

विदेशी विनिमय विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय बैठकले गरेको मन्त्री गुरुङले जानकारी दिए ।

यी हु्न् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस