काठमाडौं, १६ असार । रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगको आज बसेको बैठकले रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा काकि १७ उपनिर्वाचन मिति तोकेको तोक्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन् ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएपछि उक्त क्षेत्र खाली छ ।
यसैगरी, निर्वाचनको मिति तोकेसँगै आयोगले सो क्षेत्रमा मतदाता नामावली दर्ता कार्य स्थगित गरेको छ ।
मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) तथा खण्ड (२) बमोजिम निर्वाचनको मिति घोषणा भएपछिको अवस्थामा निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नयाँ नाम दर्ता नहुने व्यवस्था छ । सोही अनुसार हाल सञ्चालनमा रहेका निर्वाचन कार्यालयहरूबाट भइरहेको नामावली दर्ता स्थगित गरिएको आयोगले स्पष्ट पारेको छ ।

