गाजामा इजारयली हवाई आक्रमणः सयौँ परिवार विस्थापित

अनलाइनसमय |
१६ असार २०८२
गाजामा इजारयली हवाई आक्रमणः सयौँ परिवार विस्थापित

काठमाडौं, १६ असार । इजरायलले गाजा क्षेत्रमा भीषण हवाई आक्रमण गरेपछि सयौं प्यालेस्टिनीहरू घर छाड्न बाध्य भएका छन् । आक्रमणपछि उद्धार टोलीले पाँच जनाको शव फेला पार्नुका साथै कैयौं घाइतेलाई गाजा सिटीको अल–अहली अस्पताल पुर्‍याइएको बीबीसीले जनाएको हो ।

यो आक्रमण मार्चपछि सुरु भएको युद्धको सबैभन्दा ठूलो विस्थापन आदेशसँगै भएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि अहिले युद्धविराम गर्न दबाब बढ्दै गएको छ ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमण गाजाको पूर्वी क्षेत्रका बाक्लो बस्तीहरू-शुजैया, तुफ्फाह र जैतुनमा केन्द्रित थियो । सामाजिक सञ्जालमा देखिएका भिडिओहरूमा रातभर आगलागी र बाक्लो धुँवा देखिन्छ ।

एक विद्यालयमा पनि आक्रमण भएको बताइएको छ ।

इजरायली सेनाले यसअघि नै गाजाको उत्तर भाग खाली गर्न आदेश दिएको बीबीसीले उल्लेख गरेको छ । तर धेरै मानिस दक्षिणतर्फ नभइ गाजा सिटीकै पश्चिमतर्फ सरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस