ट्रम्पका कारण आगामी पाँच वर्षमा विश्वका १ करोड ४० लाख मानिसको हुन सक्छ मृत्युु

अनलाइनसमय |
१७ असार २०८२
ट्रम्पका कारण आगामी पाँच वर्षमा विश्वका १ करोड ४० लाख मानिसको हुन सक्छ मृत्युु

काठमाडौं, १७ असार । गरिब राष्ट्रहरूलाई अमेरिकाले दिँदै आएको मानवीय सहयोगमा ठूलो मात्रामा कटौती गरेपछि विश्वका करिब १ करोड ४० लाख मानिसको ज्यान जाने खतरा भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले दिने विदेशी सहायता कार्यक्रमहरूमा ८३ प्रतिशतसम्म बजेट कटौती गरेको हो । उक्त कटौतीको असरबारे हालै द लान्सेट नामक स्वास्थ्य जर्नलमा प्रकाशित अनुसन्धानले सो चेतावनी दिएको हो ।

अनुसन्धान अनुसार यो कटौतीका कारण विशेषगरी स्वास्थ्य क्षेत्रमा पछिल्लो २० वर्षमा भएका प्रगति रोकिन सक्छ । ‘जोखिममा परेका जनसंख्याको स्वास्थ्यमा दुई दशकको प्रगति अचानक रोकिने र यसको परिणाम विपरित आउन सक्छ,’ बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसन्धानकर्ता रसेलाले भने ।

प्रतिवेदन अनुसार सन् २०३० सम्म हुने अनुमानित १ करोड ४० लाख ज्यानमध्येको झन्डै ४५ लाखभन्दा बढी पाँच वर्षमुनिका बालबालिका हुनेछन् । यो औसतमा हरेक वर्ष करिब ७ लाख बालबालिकाको मृत्यु हुने जोखिम हो ।

सन् २००१ देखि २०२१ को अवधिमा अमेरिकी सहयोग (ग्क्ब्क्ष्म्) ले विकासोन्मुख देशहरूमा करिब ९ करोडभन्दा बढी मानिसको ज्यान बचाएको तथ्यांक पनि प्रतिवेदनमा उल्लेख रहेको पनि बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरूका अनुसार अमेरिकाले खाद्य सहायता घटाएपछि केन्याका शरणार्थी शिविरहरूमा सयौं मानिस भोकमरीको चपेटामा परेका छन् ।

बीबीसीको रिपोर्ट अनुसार उत्तरपश्चिम केन्याको काकुमास्थित अस्पतालमा एक शिशु कुपोषणका कारण चल्न नसक्ने अवस्थामा भेटिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस