काठमाडौं, १९ असार । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार प्रतितोला १ लाख ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला २ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।