काठमाडौं, १९ असार । नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कप को उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ ।
बिहीबार बिहान भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा स्थान बनाएको थियो । मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको गुमाएर पुरा गरेको थियो ।
त्यस्तै, आजै भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुरले नेपालसँगको नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
समूह चरणमा सिंगापुर नेपालसँगमात्र पराजित भएको थियो । नेपाल र सिंगापुर एकै समूहमा थिए । समूह चरणको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपाल र सिंगापुरबीचको फाइनल खेल आगामी शनिबार हुनेछ ।