काठमाडौं, १९ असार । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव १४ अङ्कले बढेर दुई हजार ७०३ दशमलव ९६ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज १२२ धितोपत्रको शेयर मूल्य बढ्दा १२५ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार फाइनान्स समूहको उपसूचक सर्वाधिक ४ दशमलव ०९ प्रतिशतले बढेको छ । यस्तै जीवन बीमा २ दशमलव ५६, निर्जीवन बीमा २ दशमलव २४, म्युचुअल फण्ड १ दशमलव २४, विकास बैंक शून्य दशमलव ८७, बैंकिङ शून्य दशमलव ४८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१ र अन्य समूहको उपसूचक शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।
यसदिन व्यापार शून्य दशमलव ७५, लगानी शून्य दशमलव ७१, हाइड्रोपावर शून्य दशमलव ६५, होटेल तथा पर्यटन शून्य दशमलव १९ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ ।
आज नेपाल फाइनान्स ९ दशमलव ९८, खानीखोला हाइड्रोपावर ७ दशमलव १७, समृद्धि फाइनान्स ७ दशमलव ०८, भुगोल इनर्जी डेभलपमेण्ट ६ दशमलव ७८ र सयपत्री हाइड्रोपावरको शेयर मूल्य ६ दशमलव ५७ प्रतिशतले बढेको छ ।
यसदिन सप्तकोशी डेभलपमेण्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै गुराँस लघुवित्त ९ लदशमलव ९५, धौलागिरी लघुवित्त ५ दशमलव ५५, पाँचथर पावर ३ शदमलव ७९ र पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ७७ प्रतिशले ह्रास आएको छ ।