बैंकबाट कर्जा कसरी लिने ? ऋणीले केमा ध्यान दिने ? (अन्तरवार्ता)
अनलाइनसमय |
२० असार २०८२
काठमाडौं, २० असार । आजको आर्थिक युगमा कर्जा एउटा वित्तीय उपकरण मात्र होइन, अवसर, सम्भावना र आर्थिक प्रगतिको एउटा शक्तिशाली साधनको रूपमा विकसित भएको छ । मानिसको व्यक्तिगत आवश्यकतादेखि व्यावसायिक विस्तारसम्म हरेक पाटामा ‘कर्जा’ महत्वपूर्ण घटकको रूपमा स्थापित भएको छ । तपाईं चाहे घर किन्नुहोस् वा उद्यम व्यवसाय स्थापना, उच्च शिक्षा होस् वा कृषि विस्तार सबै क्षेत्रमा कर्जाको निर्णायक भूमिका रहेको छ । तर कर्जाको यो उपयोगिता त्यतिबेला मात्र सार्थक हुन्छ, जब यसबारे पर्याप्त जानकारी, सचेतना र जिम्मेवार व्यवहार पनि हुन्छ । नेपालमा अझै पनि ठूलो संख्यामा नागरिकहरू कर्जाको सदुपयोग र वित्तीय अनुशासनबारे अनभिज्ञ जस्तो देखिन्छन् । त्यसैले कर्जाको सही प्रकार छनोटदेखि नियमित भुक्तानी, कर्जासम्बन्धी कागजात, कालोसूचीमा पर्नबाट जोगिने उपाय जस्ता विषयमा स्पष्ट र व्यावहारिक साक्षरताको खाँचो छ । यस विषयमा हिमालय टेलिभिजनमा बिहीबार प्रशारण भएको कार्यक्रम वित्तीय शिक्षामा नबिल बैंक लिमिटेडका रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठसँग गरिएको कुराकानी :