२.४० अङ्कले बढेको नेप्से २,७०६ को बिन्दुमा, साढे ९ अर्बको कारोबार

अनलाइनसमय |
२२ असार २०८२
२.४० अङ्कले बढेको नेप्से २,७०६ को बिन्दुमा, साढे ९ अर्बको कारोबार

काठमाडौं, २२ असार । यस साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ४० अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७ सय ६ दशमलव ३६ को बिन्दुमा बन्द भएको छ । गत हप्ता बिहीबार ९ दशमलव १४ अङ्कले बढेको नेप्से परिसूचक २७०३ को बिन्दुमा कायम थियो ।

आज कारोबार रकम भने घटेको छ । कारोबारको अघिल्लो दिन बिहीबार ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक किनबेच भएको छ ।

आइतबार ३१८ धितोपत्र कारोबारमा आए, जसमध्ये ८७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १६२ धितोपत्रको मूल्य घटेको छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढ्दा ६ वटा समूहको उपसूचक घटेको छ । यस दिन अन्य समूहको उपसूचक सबैभन्दा धेरै ३ दशमलव ६ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्स समूहको उपसूचक २.४९, व्यापारको ०.८८, उत्पादनमुलकको ०.६३, लगानी समूहको ०.३७, म्युचुअल फन्डको ०.१४ र बैंकिङ समूहको उपसूचक ०.११ प्रतिशतले बढेको छ ।

विकास बैंक समूहको १.५३, जीवन बीमाको १.३०, हाइड्रोपावरको १.०५, निर्जीवन बीमाको ०.५१, होटल एन्ड टुरिजमको ०.२५ र माइक्रोफाइनान्स समूहको उपसूचक ०.०६ प्रतिशतले घटेको छ ।

आइतबार नेपाल फाइनान्सको शेयर मूल्यमा सकारात्क सर्किट लागेको छ । त्यस्तै गार्डियन माइक्रोलाइफ इन्स्यारेन्सको ७.३६, राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सनको ५.७०, अपर हेवाखोला हाइड्रोपावरको ५.१८ र जानकी फाइनान्सको ४.९१ प्रतिशतले शेयर मूल्य बढको छ ।

आज ग्रीन डिभलपमेन्ट बैंकको सबैभन्दा धेरै ८.५८ प्रतिशतले शेयर मुल्य घटेको छ । त्यस्तै सिन्धु विकास बैंकको ५.८१, खानीखोला हाइड्रोपावरको ५.४३, गरिमा समृद्धि योजनाको ४.३५ र सिव श्री हाइड्रोपावरको ४.२३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस