काठमाडौं, २२ असार । प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन पाँच दिनको समयसिमा दिएको छ ।
आइतबार समितिबाट विधेयक टुंगो लगाउने तयारी भए पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले थप समय मागेका थिए ।
बैठकमा सांसदहरूले आज नै विधेयक पारित गर्नुपर्ने माग राखे पनि शिक्षामन्त्री पन्तले सहमति नजुटेका विषय सहमति जुटाउनका लागि समय मागेका थिए । समिति सभापति अम्मरबहादुर थापाले पाँच दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् ।
विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा अन्तिम समयमा समितिबाट पारित हुन सकेको छैन ।