नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी

अनलाइनसमय |
२३ असार २०८२
नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी

काठमाडौं, २३ असार । नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।

शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले महासंघ विरुद्ध प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दिएका हुन् ।

उजुरीमा महासंघ दर्ताविना नै सन्चालन भइरहेको भनिएको छ । दर्ता विना संस्था सञ्चालन गरी लेटरप्याड तथा छापको समेत अनाधिकृत, प्रयोग गर्दै सहयोग रकम, सदस्यता शुल्क, नवीकरण दस्तुरका नाममा रकम उठाएको आरोप उजुरीकर्ताले लगाएका छन् ।

उजुरीमा महासंघको गैरकानुनी गतिविधि तत्काल रोक्न र संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न माग गरिएको छ ।

शिक्षा ऐन २०२८ अनुसार सामुदायिक विद्यालयका शिक्षकहरूका लागि एउटा मात्र मान्यता प्राप्त महासंघ रहने प्रावधान भए पनि हाल नेपाल शिक्षक युनियनमार्फत नेपाल शिक्षक महासंघको नाम हालको महासंघले छुट्टै दर्ता नम्बर राखि सञ्चालन गरिरहेको उजुरीमा उल्लेख छ ।

‘नेपाल शिक्षक महासंघले नेपाल शिक्षक युनियनको दर्ता नं. ०२ / २०६० राखी सञ्चालनमा रहेको भनेकोमा नेपाल शिक्षक महासंघको दर्ता नं. प्रमाणित गरी पाउँ भनी म निवेदक शंकर बहादुर कुमालले त्यस कार्यालयमा निवेदन दिएकोमा त्यस कार्यालयले नेपाल शिक्षक महासंघ दर्ता नं. ०२३२०६० कार्यालयको कम्प्युटर अभिलेख अनुसार नदेखिएको भनी मिति २०७८/०७२९ च.नं. ३३५ को पत्रवाट म निवेदकलाई जानकारी दिएको छ,’ उजुरीमा भनिएको छ, ‘यसर्थ दर्ता विनाको संस्था सञ्चालन गरी लेटरप्याड तथा छापको समेत अनाधिकृत, प्रयोग गर्दै सहयोग रकम, सदस्यता शुल्क, नवीकरण दस्तुरका नाममा रकम उठाएको तथा उठाउने गरेको लगायतका गतिविधि भइ रहकोदले तत्काल रोकी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम गरियोस भनि विनम्र अनुराधका साथ यो निवेदन पेश गरेको छु ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस