प्रधानमन्त्री ओलीले सदनमा गराए स्पेन भ्रमण बारे जानकारी

अनलाइनसमय |
२३ असार २०८२
प्रधानमन्त्री ओलीले सदनमा गराए स्पेन भ्रमण बारे जानकारी

काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सेभिल्लामा सम्पन्न विकास वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भइ गरेका गतिविधि, द्विपक्षीय भेटवार्ता, सहकार्य र कूटनीतिक सम्बन्धको बारेमा जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले जुन ३० देखि जुलाई ४ सम्म स्पेनको सेभिल्ला सहरमा आयोजना गरिएको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । सम्मेलनमा उनले विभिन्न देशका प्रतिनिधिहरूसँग भेटघाट गर्दै आपसी सहयोग र समन्वयका विषयमा छलफल गरेको उनले बताए ।

भ्रमणमा संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विभिन्न देशका उच्चपदस्थ सहभागी सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको बताए ।

उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको उनले उल्लेख गरे ।

सम्मेलनमा झण्डै ५० देशको राष्ट्रप्रमुखको सहभागिता रहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यहाँ नेपालको प्रतिनिधित्व नेतृत्वदायी भएको बताए । ‘सम्मेलनले पारित गरेको सेभिया प्रतिवद्धता नामक निष्कर्षात्मक दस्तावेजको संयुक्त राष्ट्रसंघमा सम्पन्न वार्ता प्रक्रियाको नेतृत्व गर्ने चार राष्ट्रहरूमध्ये नेपाल एक रहेको तथा झण्डै ५० देशका राष्ट्र र सरकारप्रमुख तथा संयुक्त राष्ट्रसंघका महासचिव एवं विभिन्न अन्तरराष्ट्रिय संघसंस्थाका प्रमुखहरू लगायत उच्चस्तरीय सहभागिता रहेको सम्मेलनमा प्रधानमन्त्री नेतृत्वमा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस