रसुवा बाढी : उद्दार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको अपिल

अनलाइनसमय |
२४ असार २०८२
रसुवा बाढी : उद्दार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको अपिल

काठमाडौं, २४ असार । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पु¥याएको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वक्तव्य जारी गर्दै उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । ‘यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, वक्तव्यमा उल्लेख छ ।

कांग्रेसले तीनै तहका सरकारलाई एक्यबद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजनाका साथ तत्पर रहन तीनै तहको सरकारलाई अपिल गरेको छ । साथै नागरिक तहबाट पनि उच्च सतर्कता अपनाउन आग्रह गर्दै सार्वजनिक रूपमा सावधानी र सजगता अपनाउन समेत अपिल गरेको छ ।

भोटेकोशीको बाढीमा परेका तीन प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन् । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य गाडी बगाएको छ ।

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस