काठमाडौं, २४ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शून्उ दशमलव १४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ८३ दशमलव ८६ को विन्दुमा बन्द भएको छ । कारोबारको अघिल्लो दिन सोमबार परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर २ हजार ६८४ को बिन्दुमा कायम भएको थियो ।
आज कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँमा खुम्चिएको छ । यस दिन १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक किनबेच भएको छ ।
मंगलबार ३०४ धितोपत्र कारोबारमा आए, जसमध्ये १३३ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ११५ धितोपत्रको मूल्य घटेको छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ६ वटा समूहको उपसूचक घट्दा ७ समूहको उपसूचक बढेको छ । अन्य समूहको उपसूचक सबैभन्दा धेरै ०.७७ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवन बीमा र बैंकिङ समूहको समान ०.३७, म्युचुअल फन्डको ०.०९ र होटल एन्ड टुरिजम समूहको उपसूचक ०.०१ प्रतिशतले घटेको छ ।
आज नेप्से घट्दा पनि फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स समूहको उपसूचक सर्वाधिक १.२५ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावरको ०.५९, विकास बैंकको ०.४१, व्यापारको ०.३८, उत्पादनमुलकको ०.३७, लगानी समूहको ०.०८ र माइक्रोफाइनान्स समूहको उपसूचक ०.०७ प्रतिशतले बढेको छ ।
मंगलबार बुटवल पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ८.२१ प्रतिशतले बढेको छ । त्यस्तै पिपुल्स हाइड्रोपावरको ५.९६, रिभर फल्स पावरको ४.६९, ग्र्रीन डभलपमेन्ट बैंकको ४.६२ र सयपत्री हाइड्रोपावरको ४.०७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज रसूवागढी हाइड्रोपावरको शेयर मुल्य सबैभन्दा धेरै ५.०८ प्रतिशतले घटेको छ । त्यस्तै भूगोल इनर्जी डिभलपमेन्ट कम्पनीको ३.९२, माथिल्लो मैलुङ खोलाको ३.१४ र एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको २.९७ प्रतिशतले शेयर मूल्य घटेको छ ।