यी स्थानमा आज धेरै पानी पर्ने

अनलाइनसमय |
२५ असार २०८२
यी स्थानमा आज धेरै पानी पर्ने

काठमाडौं, २५ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको ।

यसैका कारण अहिले देशभर आंशिक देखि साधाारणतया बदली रहेको छ । अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ विभागले जनाएको छ । गएको एक घण्टामा सबैभन्दा धेरै पानी सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा (१५.४ मिलिमिटर) परेको छ। पानी परिरहेको ठाउँमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । बाग्मति, गणडकी र लुम्बीनि प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राती कोशी,गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्विनी, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

May be a graphic of map and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस