करिब ३३ प्रतिशतले खुम्चियो सहुलियतपूर्ण कर्जा

अनलाइनसमय |
२५ असार २०८२
करिब ३३ प्रतिशतले खुम्चियो सहुलियतपूर्ण कर्जा

काठमाडौं, २५ असार । उद्यमशीलता, उत्पादनशीलता र रोजगारी प्रवद्र्घनका लागि प्रवाह भएर बजारमा कायम सहुलियतपूर्ण कर्जा घटेको छ । चालु आर्थिक वर्ष (आव)को ११ महिनामा यस्तो कर्जा करिब ३३ प्रतिशतले घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बजारमा कायम सहुलियतपूर्ण कर्जा गत जेठसम्ममा ३० दशमलव ८९ प्रतिशत अर्थात् ४१ अर्ब ७२ करोड रुपैयाँ घटेको छ । साउनमा १ खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ कायम रहेको ब्याज अनुदानको कर्जा गत जेठसम्म आइपुग्दा घटेर ८५ अर्ब ९ करोड रुपैयाँमा सिमित भएको छ ।

२०८१/८२ को जेठसम्म बजारमा कायम ब्याज अनुदान कर्जामध्ये सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी क्षेत्रमा छ । यो क्षेत्रमा बजारमा कायम कुल अनुदानको ७२ दशमलव २७ प्रतिशत अर्थात् ६१ अर्ब ५० करोड रुपैयाँ छ । यसैगरी महिला उद्यमशीलतातर्फ २२ अर्ब ३५ करोड, कपडा उद्योगतर्फ ८९ करोड, दलित समुदायतर्फ १७ करोड र विदेशबाट फर्केका युवा परियोजनातर्फ १२ करोड रुपैयाँ ब्याज अनुदान कर्जा बजारमा कायम रहेको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस