५.५ प्रतिशतले बढ्यो हायर पर्चेज कर्जा

अनलाइनसमय |
२५ असार २०८२
५.५ प्रतिशतले बढ्यो हायर पर्चेज कर्जा

काठमाडौं, २५ असार । सवारीसाधन किन्न चाहने उपभोक्ता र व्यवसायीहरूका लागि बैंक तथा वित्तीय संस्थाले दिने हायर पर्चेज कर्जा पछिल्लो समय बढेको छ । सस्तो ब्याजदर र सहज किस्तामा व्यावसायिक/व्यक्तिगत कार, ट्रक, बस, हेभी इक्विपमेन्ट लगायत सवारीसाधन तथा कृषि मेसिनरी खरिद गर्न सकिने भएपछि यस्तो कर्जा पनि बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक (आव)को ११ महिनामा हायर पर्चेज कर्जा ५ दशमलव ५ प्रतिशतले बढेको छ । गत साउनमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ रहेको यस्तो कर्जा जेठसम्म आइपुग्दा बढेर १ खर्ब ३० अर्ब ९४ करोड पुगेको छ ।

२०८२ को जेठ मसान्तसम्म व्यावसायिक प्रयोजनमा ८८ अर्ब ७९ करोड रुपैयाँ हायर पर्चेज कर्जा रहेको छ, जुन चालू आवको पहिलो महिनाको तुलनामा १ दशमलव ८ प्रतिशत बढी हो । गत साउनमा ८७ अर्ब २६ करोड रुपैयाँ प्रवाह भएको थियो ।

सो अवधिमा व्यक्तिगत प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने हायर पर्चेज कर्जा पनि १४ दशमलव ४ प्रतिशतले बढेको देखिन्छ । गत साउनमा ३६ अर्ब ८४ प्रवाह भएको कर्जा जेठसम्ममा ४२ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

बढ्दो हायर पर्चेज कर्जा र सवारीसाधनको आयातले अर्थतन्त्र चलायमान हुन थालेको संकेत गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस