रूसको कीभमा हवाई आक्रमण, दुई जनाको मृत्यु, दर्जनौं घाइते

अनलाइनसमय |
२६ असार २०८२
रूसको कीभमा हवाई आक्रमण, दुई जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं, २६ असार । रूसले लगातार दोस्रो रात यूक्रेनको राजधानी कीभमा ठूलो हवाइ हमला गरेको छ । बिहीबार बिहानै भएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएको जनाइएको हो ।

रातभरि ठूलो विस्फोटका आवाज सुनिएको र आकाश रातभरि उज्यालो देखिएको सीएनएनले जनाएको छ ।

यूक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार रूसी सेनाले करिब ४०० ड्रोन र १८ वटा मिसाइल, जसमध्ये केही ब्यालिस्टिक मिसाइलसमेत थिए । आक्रमण करिब १० घण्टासम्म लगातार चलेको बताइएको छ ।

यसअघि बुधबार राति पनि रुसले आक्रमण गरेको थियो, जुन युद्ध सुरु भएयता अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण मानिएको छ । सो आक्रमणमा ७२८ ड्रोन र १३ वटा मिसाइल प्रहार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस